बाँकेमा नागरिक सहायता डेस्क स्थापना

163

नेपालगन्ज , असोज २१-
बाँकेमा नागरिक/यात्रु सहायता डेस्क स्थापना गरिएको छ । नेपालगन्ज बसपार्कमा आइतबार एक कार्यक्रमका बीच डेस्क उद्घाटन गरियो । योसँगै बाँकेमा नागरिक सहायता डेस्क ३ वटा सञ्चालनमा आएको छ । यसअघि नेपाल–भारत सिमा नाका जमुनाहा र कोहलपुर बसपार्कमा डेस्क स्थापना गरी सञ्चालनमा ल्याइएको थियो । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष शशी स्वाँरको सभापतित्वमा भएको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले एक कार्यक्रमका बीच डेस्क उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै भुजेलले चाडपर्वको समयमा बढी मात्रामा बिकृती बढ्ने हुँदा नागरिक सहायता डेस्कबाट धेरै सहज हुने बताए । ‘बसपार्कमा बढी मात्रामा मानिसहरुको आवत जावत हुन्छ, त्यसकारण बसपार्कमा बढी विकृती रहेको देखिन्छ,’ उनले भने । चाडपर्वको समयमा यात्रीमाथी हुने ठगी, लुटपाटलाई नागरिक सहायता डेस्कले नियन्त्रणमा सघाउ पुर्याउने प्रजिअ भुजेलले विश्वास गरे ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अरुण पौडेलले कसैले पनि चाडपर्वको मौकामा ठग्ने, लुटपाट गर्ने काम गर्न नहुने बताए । ‘कसैले यात्रुलाई बाटो छेक्ने, ठग्ने, लुटपाट गर्दै हुनुहुन्न्छ भने यो काम छाडिदिनुस्,’ उनले भने । सो क्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, भेरी अञ्चल यातायात ब्यवसायी संघका कार्यबाहक अध्यक्ष शोभाखर पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्रका निर्वतमान अध्यक्ष गोपालप्रसाद अधिकारी, पत्रकार महासंघ बाँके अध्यक्ष ठाकुरसिंह थारु लगायतले शुभकामना मन्तब्य दिए ।

 

Womui
Womui