बाढी पीडितलाई सान्त्वना दिदै युरोपियन राजदुत

148

नेपालगन्ज, असोज १९-
बाढीको पीडाले वर्षौदेखी छट्पटाउँदै आएका पीडित परिवारलाई युरोपियन युनियनका भेरोडिना केडीले बिहीबार भेट गरेर सान्त्वना दिएकी छन् । बाँकेको बाढी प्रभावित क्षेत्र डुडुवा गाउँपालिकामा पुगेर उनले क्षतिग्रस्त ठाउँको निरीक्षण गर्नुका साथै पीडितलाई भेट गरेकी हुन् । भारतीय सिमासँग जोडिएको डुडुवा गाउँपालिका हरेक वर्ष राप्तीको बाढीबाट प्रभावित हुदै आएको छ ।

भारतले दसगजा क्षेत्रमै निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण यो गाउँपालिकाका विभिन्न वडा बढी प्रभावित छन् । राजदुत केडीले स्थानीय बासिन्दासँगको भेटघाटका क्रममा विभिन्न जिज्ञासा राखेकी थिईन् । बाढीको बेलामा महिला, गर्भवती, सुत्केरी, बालबालिका र जेष्ठ नागरिकले कसरी ज्यान जोगाउँछन् ? भन्ने जस्तो जिज्ञासा स्थानीय समक्ष उनले राखिन् । बाढी डुबानको समस्याले चिन्तित भएको बताईन् ।

गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिका क्षेत्रमा विपत व्यवस्थापनको अवस्थाका बारेमा जानकारी गराउँदै जिल्लाकै अति प्रभावित क्षेत्रको रुपमा डुडुवा गाउँपालिका रहेकाले पञ्चवर्षिय योजना निमार्ण गरि काम गरिरहेको बताए । विपतबाट जोगाउन नदी कटानको नियन्त्रण, आश्रय स्थल निर्माण जस्ता कार्यका लागि दाृत निकायको ध्यानाकर्षण पनि गराए । नेपाल रेडक्रस सोसाइटी बाँकेको पहलमा राजदुत केडी बाढी प्रभावित क्षेत्रको अवलोकन तथा स्थानीयसँग भेटघाट गर्न पुगेकी थिईन् । सो क्रममा नेपाल रेडक्रस बाँकेका सभापति गोर्बद्धनसिंह सम्झना, गाउँपालिका उपाध्यक्ष साहिदा बानो लगायतको उपस्थिती रहेको थियो ।

Womui
Womui