आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता स‍¥यो

103

छिनछिन खबर
काठमाडौं, असोज १७ । प्रदेश ५ को नेपालगन्ज लगायतका स्थानयमा यही मंसिरबाट हुने भनिएको आठौं राष्ट्रिय खेलकुद महोत्सव निर्धा्रित समयमा नुहने भएको छ । पर्याप्त भैतिक पूर्वाधार र तयारी नपुेकाका कारण नेपालको सबैभन्दा ठुलो खेल महोत्सव समयमा नहुने पक्का भएको राष्ट्रय खेलकुद परिषद्(राखेप) का एक उच्च अधिकारीले जानकारी दिए ।

नुवाकोटको ककनीमा मंगलबार सम्पन्न राखेपको बोर्ड बैठकमा नयाँ मितिबारे छलफल भए पनि टुंगो लाग्न सकेन । माघको अन्तिम साता गर्ने विषयमा छलफलसम्म भएको उनले बताए । दुई वर्षअघि पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा मध्यपश्चिमले आठौं संम्करण गर्ने जिम्मेवारी बहन गरेको थियो।

राखेप बोर्ड बैठकमा नयाँ खेलकुद ऐन, एसियाली खेलकुद प्रतियोगिताको समीक्षा तथा १३ औं सागको तयारीबारे पनि छलफल भएको बताइएको छ । त्यस्तै निर्धारित समयभन्दा एकवर्ष ढिला गरी हुन लागेको साग पनि भैतिक पूर्वाधारका कारण फागुनमै हुनेमा शंका छ ।

Womui
Womui