निलम्बित एसपी विष्टसहित तीन जनाको डिएनए परीक्षण दुइटै ल्याबबाटःप्रहरी हेडक्वाटर

221

छिनछिन खबर
काठमाडौं, असोज १५ । निर्मला पन्तको बलात्कारपछि हत्याका प्रकरणमा संलग्न भएको आशंकामा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित तीनजनाको डिएनए जाँच दुइटा प्रयोगशालामा भएको प्रहरीले जनाएको छ।निलम्बित एसपी डिल्लीराज विष्टसहित दुई जनाको डिएनए परीक्षण किन प्रहरी प्रयोगशालामा मात्र भएको भन्ने प्रश्न उठेपछि प्रहरी हेडक्वाटरले सोमबार विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो।


’१३ वर्षीया बालिका निर्मला पन्तको विषयमा एसपी विष्ट, उनका छोरा किरणराज विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षण नेपाल प्रहरीको प्रयोगशालमा मात्र नभएर राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पनि गरिएको,’ प्रहरी हेडक्वाटरबाट जारी विज्ञप्तीमा उल्लेख छ।निर्मला बलात्कारपछि हत्या प्रकरणमा यसअघि पक्राउ परेका दीलिप सिंह विष्टको डिएनए जाँच राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मात्रै भएको थियो। निर्मलाको योनीबाट संकलन गरिएको ’भेजिनल स्वाब’को डिएनए र तीन जनाको डिएनए परीक्षणपछि म्याच गरिएको थियो। म्याच गर्दा तीनै जनाको डिएनए नमिलेको आइतबार सार्वजनिक गरिएको थियो।

Womui
Womui