कञ्चनपुर अपडेटःनलम्बित एसपी विष्टको डिएनए २ स्थानमा परीक्षण

51

छिनछिन खबर
काठमाडौं, असोज १५ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणमा अनुसन्धानको सिलसिलामा निलम्बित एसपी डिल्लीराज विष्टको डीएनए नमुना दुई ठाउँमा परीक्षण गरिएको पाइएको छ ।एसपी विष्टसहित उनका छोरा किरणराज विष्ट र अर्का आरोपी आयुष विष्टबाट संकलित नुमना प्रहरीको केन्द्रिय विधि विज्ञान प्रयोगशालामा मात्र परीक्षण गरिएको भन्दै प्रश्न उठेपछि प्रहरी प्रधान कार्यालयले उक्त नमुना २ स्थानमा परीक्षण गरेको स्पष्ट पारेको हो ।

‘एसपी विष्ट, निजका छोरा किरणराज विष्ट र अर्का आयुष विष्टबाट संकलित नमुना विज्ञान तथा प्रविधि मन्त्रालय मातहत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरी केन्द्रिय बिधि बिज्ञान प्रयोशालामा समेत परीक्षण गरिएको थियो’ प्रहरी प्रवक्ता शैलेश थापाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

Womui
Womui