धनगढी अनिश्चितकालीन बन्द

88

छिनछिन खबर

धनगढी, असोज १३ । प्रदेश ७ को राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णयविरुद्ध अनिश्चितकालीन धनगढी बन्दको आह्वान गरिएको छ ।प्रदेशसभाको शुक्रबारको बैठकले स्थायी राजधानी गोदावरी नगरपालिका २ र ४ मा पर्ने तेघरी र प्रदेशको नाम सुदूरपश्चिम राख्ने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध धनगढीवासी थप आन्दोलित भएका छन् । आमहडतालका कारण बिहानैदेखि यातायात, बजार, पसल, कलकारखाना बन्द छन् । सवारी साधन नचल्दा सुनसान छ ।

Womui
Womui