बुटवलमा बस र ट्रक ठोक्किँदा २ को मृत्यु, ३१ जना घाइते

483

छिनछिन खबर
काठमाडौं, असोज १३ । नवलपरासीको कावासोती–१६ मा बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ ।नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको ना ७ ख ५६२९ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ना ६ ख ७७१९ नम्बरको ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी कोहलपुर–४ का २३ वर्षीय सुरज बि.क. र कपिलवस्तुका २४ वर्षीय लक्ष्मण थारुको ज्यान गएको नवलपरासी प्रहरीले जनाएको छ । ३१ घाइतेमध्ये १६ जना नवलपपरासी कालिगण्डकी अस्पतालमा भर्ना गरिएको छ । चार जनाको मध्ये विन्दु अस्पतालमा र गम्भीर घाइते ११ जनालाई भरतपुर अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
Womui
Womui