आठ वर्ष्भित्र भारत र चीनबाट काठमाडौंमा रेलः मन्त्री ज्ञवाली

82

असोज, १३ काठमाडौं, । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ढिलोमा आठ वर्ष्भित्र भारत र चीनबाट काठमाडौंमा रेल आउने बताएका छन् । त्यसपछि नेपाल दुई छिमेकी मुलुकको व्यापारिक केन्द्र बन्ने उनको भनाइ छ ।संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन न्यूयोर्क पुगेका मन्त्री ज्ञवालीले पत्रकारहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।मन्त्री ज्ञवालीले चीनसँग सबै व्यापारिक नाका खोल्ने र भारतसँग जलमार्गका लागि पहिलो चरणमा नारायणी र दोस्रो चरणमा कोशी नदीमा सम्भाव्यता अध्ययन हुने जानकारी पनि दिए ।

अर्को प्रसंगमा मन्त्री ज्ञवालीले सन् २०१६ मा हुनुपर्ने सार्क शिखर सम्मेलन अहिलेसम्म नहुनुमा नेपाल जिम्मेवार नभएको बताए । नेपालले सार्क सम्मेलनका लागि अनुकूल वातावरण बनाउन प्रयास गरिरहेको उनले प्रष्ट पारे ।भारत र पाकिस्तानबीचको खटपटले सार्क शिखर सम्मेलन हुन सकेको छैन । तर मन्त्री ज्ञवालीले सदस्य राष्ट्रबीच कुनै विवाद नरहेको र सार्क क्रियाशील रहेको दाबी गरे । शिखर सम्मेलन हुन नसके पनि सार्क अन्तर्गतका अन्य प्रक्रिया नरोकिएको उनको भनाइ छ ।

रासस

Womui
Womui