कान्जी हाउस निर्माण स्थलको अनुगमन

129

नेपालगन्ज, असोज ११-
नेपालगन्ज उपमहानगरपालिकाले काञ्जी हाउस निर्माणमा तिब्रता दिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर २१ मा रहेको चार विघा १२ कठ्ठा ६ धुर जग्गामा कान्जी हाउस निर्माण गर्न थालिएको हो । कान्जी हाउस निर्माणका लागि जग्गा तारबार गर्दा केही स्थानीयले अवरोध गर्न खोजेका थिए । उपमहानगरपालिकाले अहिले भने निर्माणको कामलाई तिब्रता दिएको छ ।

कार्यबाहक नगर प्रमुख उमा थापामगरले कान्जी हाउस निर्माण कार्यप्रति चाँसो राख्दै बिहीबार स्थलगत निरीक्षण गरिन् । कार्यबाहक प्रमुख मगर नेतृत्वको टोलीले सम्भावित विवादलाई समयमै समाधान गरेका हुन् । कान्जी हाउस निर्माणको प्रक्रियालाई तदारुकताका साथ अगाडी बढाउन पनि उनले निर्देशन दिईन् । उपमहानगरपालिकाको जग्गामा कसैले अवरोध गर्न खोजे त्यस्ता व्यक्तिलाई कानूनी कारवाहीको प्रक्रियामा ल्याइने समेत उनले स्पष्ट पारिन् ।

Womui
Womui