होटलभित्र १३ बर्षिया किशोरीमाथी बलात्कार

105

नेपालगन्ज, असोज ११-
नेपालगन्जमा १३ वर्षीया किशोरी बलात्कृत भएकी छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको छेउमै रहेको सुरेन्द्र होटल एण्ड लजमा विहीवार दिउँसो किशोरी बलात्कृत भएकी हुन् ।

तुर्माखाद गाउँपालिका वडा नम्बर ४ अछाम घर भई नेपालगन्जमा बस्दै आएका अन्दाजी १८ वर्षीय सुरेन्द्र जोशीले सोही होटलमा काम गर्ने एक महिलाकी छोरीलाई कोहि नभएको मौका छोपेर बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक राजेन्द्र अर्यालले उक्त घटनाको पुष्टी गरिसकेका छन् ।

होटल सञ्चालक पुरन जोशी र पीडित किशोरीकी आमा सामान किन्न भारतको रुपैडिया बजार गएको मौका छोपी सुरेन्द्रले किशोरीलाई कोठामा थुनेर बलात्कार गरेको उनले बताए । अभियुक्तको खोजी कार्य भईरहेको प्रहरी नायव उपरिक्षक अर्यालले जानकारी दिए । प्रहरीले पीडित किशोरीको स्वास्थ्य परिक्षण गरेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।

Womui
Womui