निर्मला हत्याकाण्डलाई सरकारले ढाकछोप गर्ने प्रयास गरेको रामचन्द्र पौडेलको आरोप

99

छिनछिन खबर
काठमाडौं, असोज ११ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्त हत्याकाण्ड ढाकछोप गर्ने प्रयास गरेको आरोप लगाएका छन् । निर्मला पन्तको बलात्कार पछि हत्या भएको यति धेरै दिन बितिसक्दा पनि घटना आलटाल पार्ने गरेको उनको गुनासो छ ।

पन्तको हत्याकाण्डको छानविन प्रतिवेदन सार्वजनिक लुकाइएको भन्दै नेता पौडेलले तत्काल सार्वजनिक गर्न सरकारसँग मागसमेत गरे ।

Womui
Womui