काँग्रेसले माग्यो गृहमन्त्री थापाको राजीनामा

106

छिनछिन खबर
काठमाडौं,असोज १० । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शान्ति सुरक्षाको प्रत्याभुति दिन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा मागेको छ ।मुलुकभर श्रृंखलावद्ध महिला हिंसा र हत्याका घटना बढ्दै गईरहँदा घटनाको अनुसन्धान गर्न पनि सरकार असफल भएको भन्दै काँग्रेसले गृहमन्त्रीको राजीनामा माग गरेको हो ।

काँग्रेसले निर्मला पन्तको हत्याको प्रमाण नष्ट गर्न राज्य शक्तिको दुरुपयोग भईरहेको तथा अध्ययन प्रतिवेदन सार्वजनिक हुन नसकेको प्रति पनि गम्भीर आपत्ती जनाएको छ ।प्रतिनिधिसभाको बुधबारको बैठकमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषाल गौतमले मुलुकभरको हत्या हिंसाको घटना रोक्न नसक्ने गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिन् ।‘यो सरकारले हत्या हिंसाका श्रृंखलालाई रोक्न सकेको छैन । म निवेदन गर्न चाहन्छु । यति धेरै हत्या हिंसाका घटनाहरु र महिला अस्मिता माथि लागेका प्रश्न चिन्हको जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिएर आफ्नो नैतिक उदारता देखाउनु जरुरी भईसकेको छ’ भुषालको भनाई छ ।एसिड प्रहार गरी महिलामाथि हिंसा गर्ने घटना बढ्दै गएको भन्दै उनले दैनिक हत्या हिंसाका घटना हुँदा राज्य मौन बसेको र कुनै पनि अपराधीलाई समातेर कारवाहीको दायरामा ल्याउन नसकेकोप्रति गम्भीर आपत्ती जनाइन् ।

‘विडम्बना छ,, यो सरकार । यो शासनकालमा अपराधि न त कानुनसँग डरायो न सरकारसँग’ भुषालको भनाई छ । उनले हिंसा नियन्त्रणमा प्रतिपक्षी दल सरकारलाई जुनसुकै सहयोग गर्न तयार रहेको भन्दै यस्ता घटनालाई राजनीतिकरण नगर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।‘सरकारले अपराधिलाई समातोस् । त्यो अपराधीले सरकारको भय त्रास डरबाट उन्मुक्ति हुन नपाओस् । त्यसको लागि प्रमुख प्रतिपक्षी दल कहाँ सहयोग गर्न सक्छ हामी सहयोग गर्न तयार छौ । महिला विरुद्धका हिंसाका घटनालाई राजनीतिकरण नगरियोस्’ सांसद भुषालले भनिन् ।

Womui
Womui