निर्मला पन्तका हत्यारा छिट्टै पत्ता लाग्ने गृहमन्त्रीको भनाइ

107

छिनछिन खबर
काठमाडौं, असोज १० । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार गरी हत्या गर्ने हत्यारा छिट्टै पत्ता लाग्ने गृहमन्त्री रामबहादुर थापाले दाबी गरेका छन् ।संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री थापाले घटनाबारे अझैं अनुसन्धान भइरहेको जानकारी दिए ।

‘निर्मला हत्या र बलात्कारको घटनामा हिजोमात्रै उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन बुझाएको छ । दोषीलाई छिट्टै काुनी दायरमा ल्याउँदै छौं । यसबारे अझैं अनुसन्धान भइरहेको छ उनले भने । अन्य बालिका र महिला यौन हिंसामा परिरहेको घटना दिनप्रति आइरहेको छ । हत्या लगायतका घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही गरिने बताउँदै थापाले रौतहत र नवलपरासीमा महिलामाथि एसिड आक्रामण गर्नेलाई नियन्त्रणमा लिइसकिएको जानकारी दिए ।निर्मला हत्याको २ दिनपछि नै सीआईबीलाई अनुसन्धानको लागि त्यसतर्फ पठाइएकोमा सुरक्षाकर्मीकै गल्तीका कारण छानबिनमा ढिलाइ हुन पुगेको उनले स्वीकारे । उनले गल्ती गर्ने तत्कालिन प्रहरी प्रमुखसहितका अधिकारीहरुलाई निलम्बन गरेर छानबिन टोली पठाएको पनि समितिमा जवाफ दिए ।हाम्रो पितृ सत्तात्मक पुँजीवादी सोचले यस्ता घटना घटेका छन् गृहमन्त्रीले भने, ‘पुँजीवादी समाजले महिलालाई भाग विलासको साधन मान्ने भएकाले । यौन तृप्त गर्नका लागि यहाँबाट महिलाहरु विक्री भइरहेका छन् । नेपालमा मात्रै होइन विशवमा नै यसको समस्या छ ।’

बिभिन्न खालका आफन्तजनमा पनि
बलात्कार गरेको घटना आइरहेको छ । यसको कारण अनियन्त्रित मदिरा विक्रि र सेवन हो । अर्को कारण इन्टरनेटमा विकृति फैलाउने सामग्री छन् । यसको प्रयोगले पनि यस्तो घटना बढेका बताए ।यस्ता खालका घटना रोक्नका लागि कठोर कानून बनाउन आवश्यक रहेकोमा जोड दिँदै गृहमन्त्रीले प्रगतिशील पुँजीवादी समाज बनाउन पनि जरुरी रहेको बताए ।यस्ता घटना रोक्नका लागि सामाजिक रुपमा कदम चाल्न आवश्यक रहेको बताउँदै थापाले यसको कार्यान्वयन अनुरुप मदिरा नियन्त्रण अभियान सुरु भइरहेको पनि जानकारी दिए ।

Womui
Womui