प्रदेश नं ७ मा समितिले राजधानी सार्नै र नाम गोदावरी राख्ने निर्णयपछि विरोध प्रर्दशन

118

छिनछिन खबर

धनगढी, असोज १० ।  प्रदेश ७ को नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित समितिले मंगलवारको प्रदेश सभा बैठकमा नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्न सुझाव सहितको प्रतिवेदन पेश गरेको थियो ।

धनगढीबाट राजधानी सार्न नहुने भन्दै जनताले बिरोध गरेका बताएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा सांसदहरुले उक्त प्रतिवेदनबारे छलफल गरिरहेका छन्  । बाहिर जनता असहमत भएर नाराबाजी गरिरहेका छन् ।

 

उनीहरुले प्रदेश ७ को नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित समितिका सभापति तारा लामा तामाङका विरुद्ध नाराबाजी गरिरहेको प्रर्दशनकारीको भनाइ छ ।

Womui
Womui