निर्मलाको न्यायका निम्ति यसरी गरियो हस्ताक्षर संकलन

176

नेपालगन्ज, असोज ९-
कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मला पन्तको न्यायका लागि भन्दै नेपालगन्जमा मंगलबारबाट हस्ताक्षर संकलन थालिएको छ । सराकारले उक्त घटनाका दोषीलाई बचाउने कोसिस गरिरहेको आरोप लागिरहेका बेला दवाव स्वरुप हस्ताक्षर संकलन गरिएको हो । पहिलो दिन स्थानीय विपी चोकबाट हस्ताक्षर संकलन थालिएको अभियन्ता आशिष बर्माले जानकारी दिए ।


निर्मलाको निम्ति न्याय अभियानमार्फत विपी चोकबाट मंगलबार मात्र करिव डेढ सय जति हस्तक्षर संकलन गरिएको उनले बताए । विपी चोकमा मंगलबार अपरान्ह हस्ताक्षर गर्न युवा, बिद्यार्थी, अधिकारकर्मी, सामाजिक अभियन्ता, पैदलयात्री लगायत पुगेका थिए । हस्ताक्षर संकलनको कामलाई विभिन्न चोकमा विस्तार गर्दै लगिने अभियन्ताहरुले जनाएका छन् । हस्ताक्षर संकलन गरिसकेपछि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाइएको छ ।

Womui
Womui