आर्थिक स्वतन्त्रतामा नेपाल पाँच स्थान माथि पुग्यो

39

छिनछिन खबर
काठमाडौं, असोज ९ । विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१८ मा नेपाल १६२ राष्ट्रहरुमध्ये १०२ औं स्थानमा रहेको छ । समृद्धि फाउण्डेशनले मंगलबार सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१८ अनुसार विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल पाँच स्थान माथि उक्लिएको हो । गत वर्ष यस प्रतिवेदनमा नेपाल १५९ राष्ट्रमध्ये १०७ औं स्थानमा रहेको थियो । विगतका विभिन्न अध्ययनहरुले देखाए अनुसार आर्थिक स्वतन्त्रताको माथिल्लो पंक्तिमा रहेका राष्ट्रहरुका जनताहरुमा बढी समृिद्ध, बढी राजनीतिक र नागरिक स्वतन्त्रता र लामो औसत आयु पाइन्छ ।


आर्थिक स्वतन्त्रताको सूचीमा माथि रहेको राष्ट्रहरुको सन् २०१६ मा औसत प्रति व्यक्ति कुल गार्हस्थ उत्पादन ४०,३७६ अमेरिकी डलर रहेको थियो भने आर्थिक स्वन्तन्त्रता सूचीको निम्न पंक्तिमा रहेका राष्ट्रहरुको चाँहि ५,६४९ अमेरिकी डलर थियो । यसै गरी, यी दुई समूहका राष्ट्रहरुको औसत आयु पनि लगातार ७९.५ वर्ष र ६४.४ वर्ष रहेको छ ।

नेपाल यस वर्षको प्रतिवेदनमा ६.५३ (१ देखि १० सम्मको क्रममा, अधिकतम मानको अर्थ अधिकतम आर्थिक स्वतन्त्रता) अंकका साथ १६२ राष्ट्रहरु मध्ये १०२ औं स्थानमा रहेको छ । यस अंकका साथ गत वर्षको तुलनामा नेपाल ५ स्थान माथि चढेको हो । गत वर्ष ६.५० अंक ल्याएर १५९ राष्ट्रहरु मध्ये नेपाल १०७ औं स्थानमा रहेको थियो। त्यस अघि भने ६.४५ अंक ल्याएर १५७ राष्ट्रहरु मध्ये नेपाल १०८ औं स्थानमा रहेको थियो ।

Womui
Womui