निर्मला बलात्कार हत्या अनुसन्धानमा प्रहरीले गल्ती गरेको समितिको निष्कर्ष

52

छिनछिन खबर
काठमाडौं, असोज ९ । १३ वर्षीया निर्मला पन्तको घटनाबारे छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाएको छ।समितिका संयोजक सहसचिव हरि मैनालीसहितको समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो।


कञ्चनपुर घटना विवादस्पद बन्दै गएपछि भदौ ७ मा सरकारले घटनाको छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो।१५ दिनभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउनु भने पनि अनुसन्धान जटिल बन्दै गएपछि १५ दिन म्याद थप गरिएको थियो। समितिले बुझाएको प्रतिवेदनमा प्रहरीको अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ।

Womui
Womui