भेरी अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा अधिकारी नियुक्त

22

नेपालगन्ज, असोज ८-
नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा डा. रुपानन्द अधिकारी नियुक्त भएका छन् । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले ११ औं तहका प्रमुख कन्सल्टेन्ट सर्जन अधिकारीलाई मेसुमा नियुक्त गरेको हो । मन्त्रालयले अस्पतालको मेसु ४ महिनामै परिवर्तन गरेको बताइएको छ । यसअघि नवौं तहका डा. प्रकाश थापाले मेसुको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

डा. थापाले जिम्मेवारी सम्हालेकै बेलामा सरकारले अचानक अधिकारीलाई मेसुको जिम्मेवारी दिएको अस्पतालले जनाएको छ । नवनियुक्त मेसु डा. अधिकारीले सोमबारदेखी जिम्मेवारी सम्हालेका छन् । सरल र भद्र स्वभावका अधिकारीले अस्पतालको विकासका लागि प्रभावकारी रुपमा काम गर्न सक्ने कर्मचारीको अपेक्षा छ । डा. अधिकारीले पनि अस्पतालको विकासका लागि रणनीति तयार गर्ने सोचमा रहेको बताएका छन् ।

Womui
Womui