भोलिदेखि अग्रिम टिकट विक्री खुल्ला गर्ने यातायात व्यवसायीको निर्णय

51

छिनछिन खबर
काठमाडौं,असोज ८ । सरकारको निर्णय अटेर गरी अग्रिम टिकट विक्री खुल्ला नगरेका यातायात व्यवसायीले भोलिदेखि अग्रिम टिकट विक्री खुल्ला गर्ने भएका छन् ।यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार बसेको वैठकले असोज ९ गतेदेखि अग्रिम टिकट विक्री खुल्ला गर्ने निर्णय गरेको हो ।

यसअघि इन्धनको मूल्यमा वृद्धि भएसँगै यातायात व्यवसायीले मूल्य नघटेसम्म अग्रिम टिकट विक्री नगर्ने अडान लिएका थिए ।त्यसलगत्तै शनिबार साँझ सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति भएको थियो ।त्यसपछि सोमबार महासंघको आकस्मिक बैठक बसी अग्रिम टिकट विक्री खुल्ला गर्ने निर्णय भएको हो ।महासंघका महासचिव सरोज सिटौलाका अनुसार अब असोज ९ गतेदेखि नै अग्रिम टिकट विक्री खुल्ला हुने छ । यात्रुले बसपार्क लगायत अन्य टिकट काउण्टरबाट टिकट किन्न सक्नेछन् ।

Womui
Womui