यातायात समितिको रोक्का बैंक खाता खुला गर्ने गृहकार्य

37

छिनछिन खबर
काठमाडौं,असोज ३ । सरकारले यातायात समितिहरुको रोक्का रहेका बैंक खाता खुला गर्न आन्तरिक गृहकार्य सुरु गरेको छ । यसका लागि यातायात व्यवस्था विभागले विभिन्न विकल्पसहितका सझुाव अघि सारेको छ ।दशैंको अग्रिम टिकेट बुकिङका लागि व्यवसायीले बस सञ्चालन, कर्मचारी व्यवस्थापन, काउन्टटरको सञ्चालन लगायतमा खर्चको समस्या देखाएका थिए । पैसा जति सबै रोक्का भएको खातामा रहेकाले दशैंको खर्च व्यवस्थापन गर्न नसकिने व्यवसायीको भनाइ थियो ।


विभागले खाता खोल्न वा आवश्यक रकम झिक्न दिने आश्वासन दिएपछि व्यवसायी असोज ५ गतेबाट बुकिङ खोल्न समहत भएका थिए । त्यसैअनुसार समितिका खातामा रहेको पैसा खर्च गर्न दिन प्रस्ताव अघि बढाइएको हो ।त्यसैका आधारमा यवस्था विभागले यातायात, अर्थ र गृह मन्त्रालयलाई विभिन्न विकल्पहरुसहित खाता खोल्न सुझाव दिएको छ । विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले समिति कम्पनीमा गएपछि सबै रकम कम्पनीकै खातामा सार्ने, आवश्यक खर्चको व्यवस्थापन गर्ने लगायतका ४(५ वटा विकल्पहरु अघि सारेर सरकारलाई सुझावहरु दिएको बताए । यसअघि पनि साउनसम्मको खर्च रोक्का खाताबाट भुक्तानी गर्ने गरी सरकारले समितिहरुसाग विवरण लिएको थियो ।‘प्रधानमन्त्रीबाटै यसमा आवश्यक व्यवस्था गर्ने भन्ने निर्देशन थियो, त्यसअनुसार के(के गर्न सकिन्छ भनेर हामीले विकल्पहरु दिएका हौं,’ उनले भने,’निर्णय गर्ने हामीले होइन । रोक्का खाता खोल्ने विषय अर्थ र गृहको विषय हो ।’

व्यवसायीले घाइतेको उपचारमा पनि समस्या भइरहेको बताएका छन् । यातायात समितिहरुलाई सरकारले पुसम्म कम्पनीमा जान समय दिएको छ ।व्यवसायीले समितिको रोक्का भएको बैंक खाताको रकम राष्ट्रियकरण हुनसक्ने देखेपछि सो रकम निकाल्न विभिन्न जोडबल गर्दै आएका छन् । त्यसैअनुसार उनीहरुले दशैंको बुकिङमा पनि बार्गे्निङ गरेका थिए ।विभागका महानिर्देशक लावण्य ढकालले बुकिङको लागि कुनै सहमित नगरिएको दावी गरे । उनले यातायात समतिका सम्पत्ति के गर्ने भन्ने विषय गृह मन्त्रालयको भएको बताए । उनले विभागले चाहेर समितिको खाता नखुल्ने भन्दै आवश्यक निर्णय मन्त्रालयले नै गर्ने बताए ।सरकारले दशैंपछि सार्वजनिक सवारीको भाडा समायोजन गर्ने मौखिक सहमति पनि गरेको छ । पछिल्लो समयमा डिजेलरपेट्रोलको मूल्य उच्च रुपमा बढिरहेकाले भाडा समायोजन गर्नुपर्ने माग व्यवसायीले गरेका छन् ।सरकारले त्यसमा पनि सकारात्मक जवाफ दिएपछि व्यवसायी बुकिङ खोल्न राजी भएको पिवभागका एक् अधिकारीले बताए ।

Womui
Womui