निर्मला पन्तको हत्यारा पत्ता लागेन शंका गर्दागर्दै दिन बिते

63

छिनछिन खबर
कञ्चनपुर, असोज ३ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने राज्यको अंग प्रहरी आफैं विवादमा तानिएको छ ।‘मानसिक सन्तुलन’ गुमाएका व्यक्ति दिलिपसिंह विष्टलाई मुख्य अभियुक्त बनाएर पर्दा पछाडिका ‘भीआईपी हत्यारा’ लाई जोगाउने चक्करमा अनुुसन्धान घुमेको स्थानीयको दाबी थियो । डीएनए रिपोर्ट सही नहुँदा विष्ट साधारण तारेखमा छुटिसकेका छन् ।


विष्टको डीएनए बलात्कृत बालिका पन्तको ‘भेजिनल स्वाव’ बाट निकालिएको शुक्रकीटसँग मेल नखाएपछि उनलाई छाडिएको बताइएको छ ।प्रकरणको अनुसन्धानको लागि संगठित अपराध अनुसन्धानको लागि मुलुककै मुख्य निकाय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि खटिएको थियो । यद्यपि, परिणामले उसकै अनुसन्धानमाथि पनि प्रश्न उठाएको छ ।आखिर वास्तविकता के हो ? घटनाको अनुसन्धान कसरी भएको थियो ? अनुसन्धानका क्रममा केके भए ? विष्टलाई प्रहरीले मुख्य अभियुक्तको रुपमा किन खडा गर्‍यो ? यी विषय अहिलेसम्म सार्वजनिक भएका छैनन् ।

एकातिर आन्दोेलन, अर्का्तिर अनुसन्धान

घटनाको प्रारम्भिक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा सुरुमा १२ जना अधिकारी खटिएका थिए । दुई दिनपछि अनुसन्धानका लागि सीआईबीको जघन्य अपराध पिल्लरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसीको नेतृत्वमा ३ जनाको टोली पनि कञ्चनपुर पुग्यो ।तर, त्यहाँ पन्त हत्या प्रकरणलाई लिएर आन्दोलन चर्किसकेको थियो । प्रहरी टोलीलाई एकातिर डांग्री लगाएर आन्दोलनमा जानुपर्ने बाध्यता थियो भने अर्का्तिर निर्मलाका हत्यारा खोज्नुपर्ने दायित्व ।यी दुई जिम्मेवारीबीच प्रहरीले विभिन्न व्यक्तिलाई कार्यालयमा ल्याएर कागज गराउँदै छाड्दै गरिरहेको थियो । त्यस क्रममा १ सय जनालाई कागज गराएर छाडिएको थियो भने करिब ४ सय जनालाई सोधपुछपछि रिहा गरेको कञ्चनपुर प्रहरी स्रोत बताउँछ ।स्थानीयको आन्दोलनले बम दिदीबहिनीलाई पक्राउ गर्न माग गरिरहेको थियो त्यो वास्तवमा सही पनि थियो । निर्मला हत्या हुनुअघि बम दिदीबहिनीकै घर गएकी थिइन

प्रहरीले बम दिदीबहिनीले प्रयोग गरेको मोबाइललाई विश्लेषण गर्‍यो । उनीहरुका सेटमा ३ वटा सीम कार्ड प्रयोग भएको देखिएको थियो । एउटा अनएक्टिभ (निश्क्रिय) थियो । ती सबै सीमको कल डिटेल रेकर्ड (सीडीआर) निकाल्ने काम प्रहरीले गर्‍यो ।कलवाइज लोकेसनदेखि एसएमएससम्म प्रहरीले परीक्षण गर्‍यो । बबिताको पासवर्ड मागेर फेसबुक हेर्‍यो । त्यति मात्र होइन, मोबाइलबाट केही डिलिट भएको छ कि भनेर प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा लगेर भाइबर, म्यासेन्जर लगायतबाट डिलिट भएका डाटालाई पनि एक्टिभ गरियो ।तर, शंकास्पद केही भेटिएन । प्रहरीले बम दिदी बहिनीको पोलिग्राफ परीक्षण पनि गर्‍यो । त्यसबाट पनि कुनै फाइदा भएन ।‘जति पनि टेक्निकल्ली हेर्‍यौं, उनीहरुको लिंक काहीँ पनि भेटिएन’, अनुसन्धान अधिकारी भन्छन् , ‘साइकल भेटिएपछि लास पनि त्यहीँ होला भनेर बबिताले एकजना महिलालाई भनेको सुनेपछि हामीले केही न केही त छ कि भनेर आशंका गरेका हौं । तर, त्यसलाई पुष्टि गर्ने आधार भेटिएन ।’प्रहरी प्रधान कार्यालयले एसपी कुवेर कडायतलाई कञ्चनपुर पठाएपछि पनि बम दिदी बहिनी पक्राउ त परे । तर, प्रमाणको अभावमा फेरि उनीहरु छुट्न सफल भए ।

Womui
Womui