नापी कार्यालय बुढानीलकण्ठका सर्वेक्षक अख्तियारको फन्दामा

114

छिनछिन खबर
काठमाडौं,असोज २ । नापी कार्यालय बुढानीलकण्ठ, काठमाडौंका नापी सर्वेक्षक सुरेन्द्रसिंह कुवँर २५ हजार रुपैयाँ घुसहित पक्राउ परेका छन् ।जग्गा हालसाविक गर्ने प्रयोजनका लागि घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

घुसबापतको २५ हजार रकम लिइसकेको अवस्थामा बुढानीलकण्ठ नगरपालिका वडा नं–७ हात्तीगौडास्थित कमर्सियल कम्प्लेक्सको कम्पाउण्डबाट उनलाई नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।यसबारे आवश्यक अनुसन्धान भइरहेको पनि अख्तियारले जनाएको छ ।

Womui
Womui