अब यस्तो हुनेछ जनकपुरको जानकी मन्दिर

89

छिनछिन खबर
काठमाडौं,असोज २ । विश्व सम्पदा सूचीमा सूचिकृत हुने प्रतिक्षामा रहेको जनकपुरको जानकी मन्दिरलाई प्रदेश सरकारले सौन्दर्यीकरण गर्ने योजना अघि बढाएको छ ।हिन्दूहरुको आस्थाको केन्द्र रहेको सो मन्दीरलाई मन्दिरलाई थप आकर्षक बनाउन प्रदेश सरकार अग्रसर भएको हो ।

प्रदेश सरकारले अगाडि बढाएको ‘मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत’ जानकी मन्दिर सौन्दर्यीकरणको योजना अघि सारिएको मुख्यमन्त्री लालबाबु राउतका प्रेस सहयोगी आतिश मिश्राले जानकारी दिए ।प्रदेश २ को अस्थायी राजधानी समेत रहेको जनकपुरस्थित जानकी मन्दिरमा विश्वभरीकै हिन्दुहरुलाई कम्तीमा एकपटक आउनै पर्ने वातावरण बनाउने घोषणा गरेका मुख्यमन्त्री राउतले पहिलो चरणमा जानकी मन्दिरको प्राङ्गण लगायतको क्षेत्रलाई थप सौन्दर्यीकरण गर्ने योजना अघि सारेका छन् ।पहिलो चरणको सौन्दयीकरणका लागि करिब ७ करोड खर्च हुने स्टिमेट तयार गरिएको र केही दिनभित्रै ठेक्का प्रक्रियामा लाने तैयारी भइरहेको मुख्यमन्त्रीका निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार लगत स्टिमेट र डिजाइन तयार भइसकेको छ, जानकी मन्दिरसँग सम्झौता भए लगतै टेण्डर प्रक्रियामा जाने बताइएको छ ।यस अघि मुख्यमन्त्री राउतले जानकी मन्दिरबाटै मुख्यमन्त्री स्वच्छता अभियानको शुभारम्भ गर्ने घोषणा गरेका थिए ।

Womui
Womui