पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर ११४

95

छिनछिन खबर
काठमाडौं, असोज २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा मूल्य बढाएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।

गोइतका अनुसार पेट्रोल लिटरमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढेको छ । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको उनले जानकारी दिए । अवदेखि पेट्रोल लिटरको ११४ र डिजेल÷मट्टितेल १०१ रुपैयाँ पुगेको छ । मूल्य बढाउँदा पनि प्राय सबै इन्धनको व्यापारमा निगमलाई घाटा हुने बताइएको छ । अमेरीकी डलरको तुलनामा नेपाली÷भारतीय मुद्राको अवमुल्यन भएको र सोहीअनुसार इण्डियन आयल कर्पोरेशनबाट १६ सेम्टेम्बरमा प्राप्त मूल्य बढेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको गोइतले जानकारी दिए ।

Womui
Womui