भारतीय राजदुत पुरीलाई स्वागत

94

नेपालगन्ज, भदौं ३१-
भारतीय राजदुत मन्जीव सिंह पुरीलाई नेपालगन्जमा स्वागत गरिएको छ । नेपाल भारत मैत्री संघले आईतबार एक कार्यक्रमका बीच स्वागत गरेको हो । संघका अध्यक्ष प्रदिपकुमार गुप्ताको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै राजदुत पुरीले भेरी अञ्चल अस्पतालमा ट्रमा सेन्टर स्थापना गर्न पहल गर्ने प्रतिवद्धता जनाए ।

यस्तै नेपाली खेलाडीलाई छात्रवृत्तिको ब्यवस्थाका साथै नेपाली गाडीलाई भारत प्रवेशका लागि कष्टममै रुट परमिटको सुविधा दिन पहल गर्ने आश्वासन पनि उनले दिए । कार्यक्रममा प्रदेश सांसद सुरेन्द्र हमालले भेरी अञ्चल अस्पतालमा ट्रमा सेन्टर स्थापनाका लागि भारत सरकारको सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए । सो क्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य धु्रब दाहाल लगायतले पनि बोलेको संघका प्रवक्ता सुदिप भट्टले जानकारी दिए ।

Womui
Womui