दशैंको लागि शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने

42

छिनछिन खबर
काठमाडौं,असोज । नजिकिँदै गरेको नेपालीहरुको महान पर्व दशैंको लागि आगामी शुक्रबार (असोज ५ गते) देखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।आइतबार सरकार र यातायात व्यवसायीबीच दशैं मनाउन राजधानी बाहिर जानेको यात्रुका लागि अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्ययले शुक्रबारदेखि अग्रिम टिकट बुकिङ गर्ने सहमति भएको बताए ।यातायात व्यवसायीहरुलले भाडादर बढाउनु पर्ने, समितिका रोकिएका बैंक खाता खोल्नु पर्ने लगायतका माग राखेर टिकट बुकिङ खुलाउन आनाकानी गर्दै आएका थिए ।तर, आइतबारको बैठकमा असोज ५ अघिनै भाडामा हेरफर गरिने र बैंक खाताका लागि पनि पुनर्विचार गर्ने सरकारले संकेत गरेपछि व्यवसायी अग्रिम बुकिङ खुलाउन सहमत भएका हुन्।यसवर्षको विजया दशमी कात्तिक २ गते परेको छ । दशैंको समयमा काठमाडौंबाट घर जानेहरुको चाप बढ्ने हुँदा वर्षेनी सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको अभ्यास गरिँदै आएको छ ।

Womui
Womui