बाँकेका बिद्यालय कर्मचारी आन्दोलित

211

नेपालगन्ज, भदौं ३१-
बाँकेका विद्यालय कर्मचारी आन्दोलित भएका छन् । लामो समयदेखि बिद्यालय कर्मचारीमाथी चरम शोषण र दमनमा भइरहेको भन्दै उनीहरुले आईतबार जिल्ला प्रशासन र जिल्ला शिक्षा विकास तथा समन्य इकाई बाँकेमा ज्ञापन पत्र बुझाए । बिद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितीका बाँके संयोजक बीरेन्द्र यादवले जिल्लाका बिद्यालयमा कर्मचारीहरुको चरम शोषण भइरहेको बताए ।

सर्वाेच्च अदालतले २०६७ सालमा विद्यालय कर्मचारीहरुको सेवा, शर्त र सुविधा निश्चित गरि सेवा कानुन बनाई लागु गर्नु भनि दिएको आदेश कार्यान्वयन नभएको र शिक्षा ऐनमा कर्मचारीहरुलाई झुक्याउने गरि अस्पष्ट व्यवस्था गरिएको भन्दै आन्दोलन सुरु गरिएको उनले सुनाए । आन्दोलनका केन्द्रिय कार्यक्रम अनुसार उनीहरुले माग पुरा गराउन कालोपट्टी बाँधेर काम गर्नेदेखि काठमाडौमा रिले अनसनसम्मका कार्यक्रम तय भएको बताएका छन् । माग पुरा नभए बिद्यालय बन्द गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

Womui
Womui