दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ५ देखि

60

सपना शर्मा
काठमाडौं, भदौ ३१ । दशैंका लागि असोज ५ गतदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । सरकार र यातायात व्यवसायीबीचको सहमतिले असोज ५ देखि दशैंको अग्रिम टिकट बुकिङ सुरु गर्ने सहमति गरेको हो । सरकार र व्यवसायीबीच आइतबार भएको वार्तामा दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुलाई सहज रुपमा टिकटको व्यवस्था गर्ने सहमति भएको हो ।


यसअघि भाडा लगायतका विषयमा कुरा नमिल्दा अग्रिम बुकिङ खुल्ने÷नखुल्ने एकिन थिएन । यातायात व्यवसायीले नयाँ भाडा दरको जिम्मेवारी भने सरकारलाई नै सुम्पेको यातायात व्यवसायी सरोज सिटौलाले बताए ।

Womui
Womui