निर्मला पन्त हत्या छानबिन गर्न प्रहरीका डिआइजी धिरु बस्नेतको नेतृत्वमा उच्च स्तरीय टोली गठन

86

प्रशिद्धिका खड्का
काठमाडौं, भदौ ३१ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको छानबिन गर्न प्रहरीले डिआइजी धिरु बस्नेतको संयोजकत्वमा उच्च स्तरीय टोली गठन गरेको छ ।

प्रहरीका प्रवक्ता शैलेस थापाले छानबिनलाई प्रभावकारी बनाउन उच्च स्तरीय टोली गठन गरिएको बताए । प्रहरी प्रधान कार्यालयले भदौ १४ गते एसएसपीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । बस्नेत नेतृत्व टोलीमा एसएसपी उत्तम सुवेदी र निरजबहादुर शाही लगायतका सदस्य छन् ।

Womui
Womui