बलात्कारीको ‘हतियार’ काट्न माग गर्दै विद्यार्थी सडकमा

117

छिनछिन खबर
काठमाडौं,भदौ २९ । काठमाडौको एक कलेजका विद्यार्थीहरुले शुक्रबार मुलुकका विभिन्न स्थानमा भइरहेका बलात्कारका घटनाविरुद्ध सडकमा प्रदर्शन गरेका छन् । काठमाडौको बबरमहलमा रहेको मेगा कलेजका विद्यार्थीहरुले सोही क्षेत्रमा प्रदर्शन गर्दै बलात्कारको विरोध र बलात्कारीको हतियार काट्न माग गरे ।

उनीहरुले प्रदर्शनका क्रममा बोकेका प्लेकार्डमा ‘चप देयर रेपिङ टुल’ लेखिएका थिए । त्यस्तै, विद्यार्थीहरुले बोकेको प्लेकार्डमा बलात्कारीलाई मृत्युदण्ड दिन पनि माग गरिएको थियो । यद्यपि, नेपालको संविधानअनुसार कुनै पनि कसुरदारलाई मृत्युदण्ड दिने व्यवस्था छैन ।

Womui
Womui