थारु कल्याण कारिणी सभाका पदाधिकारीको पदभार ग्रहण

132

नेपालगन्ज, भदौं २८-
थारु कल्याण कारिणी सभा बाँकेका नवनिर्वाचित कार्यसमिति पदाधिकारीले बिहीबार सपथ तथा पदभार ग्रहण गरेका छन् । सभाको हालै सम्पन्न १० औं जिल्ला अधिवेशनले तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति पदाधिकारी निर्विरोध निर्वाचित गरेको थियो । नवनिर्वाचित अध्यक्ष विनोद थारु उपाध्यक्ष फुलनदेवी थारु, सचिव हर्षवर्धन चौधरी, कोषाध्यक्ष पुष्पा थारु, सहसचिव बलिराम थारु, सदस्यहरु विनकलाल थारु, गणेश थारु, सितासिंह थारु, दयासागर थारु, दिलकुमारी थारु, सन्तोष थारु तथा केन्द्रिय पार्षद नेमनारायण सिंह थारु, मंगल थारु, ललिताकुमारी चौधरी र गणेश थारुले एक कार्यक्रमका बीच सपथ तथा पदभार ग्रहण गरेका हुन् ।

सो क्रममा राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, कोहलपुर नगरपालिकाका उपमेयर सञ्जुकुमारी थारु, थारु कल्याण कारिणी सभाका केन्द्रिय सदस्य बुझाउन थारु, आदीवासी जनजाती महासंघका जिल्ला उपाध्यक्ष मंगल थारु, थारु पत्रकार संघकी अध्यक्ष बिमला चौधरी, कांग्रेस नेताद्धय सन्तराम थारु, फुलाराम थारु, थारु कल्याण कारिणी सभा बाँकेका निर्वतमान अध्यक्ष एवम् अधिवक्ता गणेश थारु, बेस महिला जागरणका केन्द्रिय अध्यक्ष संगीता चौधरी, वडाअध्यक्षहरु कान्छा थारु, सिताराम थारु, गंगाराम थारु, अधिवक्ता केवलसिंह थारु, नेपाल जनजाती संघका क्षेत्र नम्वर १ का अध्यक्ष सन्तोष थारु लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष विनोद थारुले आफ्नो कार्यकाल अवधिभर थारु समुदायको उत्थानमै केन्द्रित रहने प्रतिवद्धता जनाएका छन् । आफुलाई निर्वाचित गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै उनले थारु समुदायको हक, अधिकार प्राप्तीका लागि आवाज उठाउने बताए ।

Womui
Womui