ट्रकमा अबैध खयरको काठ भेटियो

158

नेपालगन्ज, भदौं २८-
ईलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर छाडेको ट्रकबाट ठुलो परिमाणको अबैध खयरको काठ भेटिएको छ । डिभिजन वन कार्यालय बाँकेले नियन्त्रणमा लिएको ना३ख २७५० नम्बरको ट्रकमा रहेको काठ नापजाँच गर्दा बिहीबार ८४.४८ क्वीफिट अबैध काठ फेला परेको सहायक वन अधिकृत नारायण पार्धेले जानकारी दिए ।

बरामद गरिएको अबैध काठको बजार मुल्य १ लाख २६ हजार ७ सय २० रूपैयाँ बराबर रहेको उनले जनाए । काठ चेकजाँचको काम सकिए लगत्तै वन कार्यालयमै पुगेका समुहका अध्यक्ष बुध थारुलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको उनले जानकारी दिए । वन उपभोक्ता समुहले टेण्डर प्रक्रियामार्फत ठेकेदार ‘पिपि जनरल अर्डर सप्लायर्स’ लाई उक्त काठ विक्री गरेको थियो ।

कोहलपुरको चटारमा वन समुहको खयरको काठ ढुवानी गरिरहेको अवस्थामा गोप्य सूचना पाएर पुगेको ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले मंगलबार बिहान ट्रक नियन्त्रणमा लिएको थियो । प्रहरीले केही घण्टामै ट्रकको सबै कागजात मिलेको भनि छाडेपछि गनापुरस्थित बागेश्वरी कत्था उद्योग परिसरमा पुगेको ट्रकलाई वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो ।

Womui
Womui