नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

206

रत्ननगर (चितवन), भदौ २७ । अविरल वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । पहिरो खसेर मंगलबार बिहानदेखि अवरुद्ध भएको उक्त सडक एकतर्फी खुलेको प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

उक्त सडकखण्डको चार किलोमा ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो । दुई तिरबाट पहिरो हटाउने काम भइरहेकाले आजदेखि दुईतर्फी सडक खुलाइने ढकालले बताए । पछिल्लो समय नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्ने क्रम जारी छ । सडक अवरुद्ध हुँदा तीज मनाउन हिँडेका महिला बढी समस्यामा परेको बताइएको छ ।

Womui
Womui