किन लिए निर्मला हत्या छानबिन समितिका सदस्य केसीद्वारा राजीनामा फिर्ता ?

47

छिनछिन खबर
काठमाडौं, भदौ २७ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या घटना छानबिन गर्न गठित सरकारी उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा फिर्ता लिएका छन् । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया पन्तले न्याय पाउनेमा शंका लागेको भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव समेत रहेका केसीले सोमबार राजीनामा दिएका थिए । बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले आफूले राजीनामा फिर्ता लिएको बताए ।


’राष्ट्र सेवकको रूपमा मलाई प्राप्त अवसरमा पुनः सामेल रही निष्पक्ष रूपमा छानबिन गरी योगदान गर्न सके निर्मला पन्तप्रति न्याय हुने ठहर गरेको छु,’ उनले भने । सरकारले सुम्पिएको जिम्मेवारी निर्वाह गर्नु प्रत्येक राष्ट्रसेवकको अनिवार्य कर्तव्य हुने बोध भएके उल्लेख गर्दै केसीले स्वेच्छापूर्वक पुनः समितिमा यथावत रही छानबिन कार्यमा संलग्न रहने बताए । स्रोतले भने केसीले राजीनामा फिर्ता नलिएर सरकारी सेवाबाट हटाउन सक्ने चेतावनी दिएको उल्लेख गरेको छ । प्रतिनिधि सभाको बैठकमा सांसदहरूले समेत केसीले राजीनामा दिएको प्रसंग निकाल्दै उनलाई कसले असुरक्षित बनाइरहेको हो भन्दै सरकारको आलोचना गरेका थिए ।

Womui
Womui