श्रमिकको सबै तथ्यांक एकीकृत रूपमा अनलाइन एपमा

47

छिनछिन खबर
काठमाडौं, भदौ २५ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदार, पठाउने म्यानपावर र सरकारी निकायका विभिन्न निकाय र श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयका सबै कार्य अनलाईन र एपबाट थाहा हुने भएको छ ।वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन श्रमिकको सम्पूर्ण तथ्यांक अनलाइन र एपमा उपलब्ध भएकोले आगामी यस सूचना प्रणालीलाई असोज १ गतेदेखि सम्वद्ध निकायबाट पूर्ण रुपमा लागू गरिनेछ र असोज १५ गतेदेखि सबैले प्रयोग गर्न सकिने गरी लागु हुने श्रम मन्त्रालयले जनाएको छ ।वैदेशिक रोजगारी मोबाइल एप्समा कामदार र रोजगारीका सबै विवरण अनलाइनमा राख्ने काम सुरु भएकाले सबै जानकारी अनलाईन मार्फत थाहा हुने भएको हो । यो प्रणाली लागू भएपछि वैदेशिक रोजगारीमा जाने र फर्कने कामदारको सम्पूर्ण विवरण पासपोर्ट नम्बरकै भरमा थाहा पाउन सकिन्छ । यस्तै विदेश जाने कामदारको सम्पूर्ण तंथ्याक अनलाइनबाटै हेर्न मिल्ने भएकाले म्यानपावर कम्पनीले कामदारलाई ठगी गर्न नसक्ने मन्त्रालयको दाबी छ ।

वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका कामदारका गुनासा तथा मुद्दा समाधान गर्ने उद्देश्य सहित उक्त प्रणाली सञ्चालनमा ल्याएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।कम्प्युटर इन्जिनियर राजु श्रेष्ठका अनुसार उक्त प्रणालीमा नेपाली दुतावास, कुटनितिक नियोगहरु, वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली, बीमा कम्पनी, स्वास्थय परिक्षण गर्ने संस्था, आप्रवासी कामदार, अभिमुखिकरण तालिम प्रदायक संस्था, बैदेशिक रोजगार व्यवसायी र मोबाइल एप्लीकेशन सो प्रणालीमा राखिएको छ ।

उनले भने, ‘म मलेसिया पुगे, दुुःख पाछु, यहाबाट निस्कन पैसा चाहियो भनेर फेसबुक मेसेन्जरबाट परिवारलाई ठग्ने व्यक्ति पनि यो प्रणाली लागु भएपछि पक्राउ पर्ने छन् ।’ सूचना र सेवालाई प्रविधिमैत्री ढंगले सहज, सुलभ र गुणस्तरीय तरिकाले सरोकारवाला निकाय तथा व्यक्तिहरु समक्ष पु¥याई वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्या्िदत बनाउनका लागि एकीकृत सूचना प्रणालीको सुरुवात गरिएको श्रम मन्त्रालयले जनाएको छ ।

हाल प्रणाली बनाउनेबेला अनलाईन ह्याकरसँगै काम गरेर उनिहरुलाई ह्याक गर्न मैदाममा खटाएकाले असोज १५ गतेदेखि उक्त प्रणाली बलियो हुने इन्जिनियर श्रेठको दाबी थियो । श्रम, गृह, परराष्ट्र र स्वास्थ्य मन्त्रालयको सहकार्यमा ‘फरेन इम्प्लोयमेन्ट इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (एफइआइएमएस)’ नामकरण गरिएको उक्त अनलाइनको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्टले पर्यटन मन्त्रालय, सिंहदरबारमा सोमबार उद्धघाटन गरे ।

उक्तअवसरमा उनले भने, ‘वैदेशिक रोजगारीलाई व्यवस्थित, विश्वासनीय र मर्या्दित बनाउने उद्देश्यले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो । ’वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षा सरकारले गर्नका लागि देश विदेशबाट वैदेशिक रोजगारीमा जाने कामदारको रगत, पसिना र पैसामाथि खेलवाड गर्ने दिनको अन्त्य गर्ने मन्त्री विष्टले दाबी गरे ।

उनले भने, ‘सरकारले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमार्फत् वैदेशिक रोजगारीमा जाने कामदारको विवरण र रोजगारदाता देशका विषयको जानकारी श्रमिकलाई पु¥याउनका साथै वैदेशिक रोजगार क्षेत्रका विकृति र विसंगति हटाउन एकीकृत अनलाइन प्रणाली सञ्चालनमा आएको हो ।’मन्त्रालयले तयार पारेको अनलाइन प्रणालीमा वैदेशिक रोजगारीमा जान लागेका र फर्किएका सबैको विवरण तत्काल थाहा पाउन सकिने मन्त्रालयले जनाएको छ ।

Womui
Womui