प्रधानन्यायाधीश मिश्रद्वारा पदभार ग्रहण

50

छिनछिन खबर
काठमाडौं, भदौ २५ । नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सोमबार साँझै पदभार ग्रहण गरेका छन् । प्रधानन्यायाधीश पदमा कार्यभार सम्हाल्दै मिश्रले न्यायाधीश नियुक्ति गर्दा राजनीतिक आस्थाका आधारमा नभई पारदर्शी नीति अवलम्बन गर्ने बताए । सोमबार मात्रै संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशका लागि मिश्रको नाम अनुमोदन गरेको थियो । त्यसको केहीबरेमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ खाए ।


सपथपश्चात् सर्वोच्च अदालतमा कार्यभार सम्हाल्दै प्रधानन्यायाधीश मिश्रले न्यायालयमा हुने भ्रष्टाचार नियन्त्रण गर्ने दाबी गरे । उनले प्रधानन्यायायाधीशले पेशी तोक्ने व्यवस्थासमेत परिवर्तन गर्ने बताए । उनले छोटो समयका लागि पदभार ग्रहण गरेपनि आफ्नो कार्यकालमा न्यायालयमा उल्लेख्य सुधार गर्ने दाबी गरे । पदभार ग्रहण गर्दै मिश्रले आफ्नो ३१ बुँदे कार्ययोजना सार्वजनिक गरे ।

Womui
Womui