चाडबाड नजिकिँदै गर्दा बजारमा अभाव सामान बोकेका ट्रक चिनियाँ नाकामा अलपत्र

77

छिनछिन खबर
काठमाडौं, भदौ २५ । चाडबाडका लागि लत्ताकपडा लगायतका सामान बोकेका ट्रक चिनियाँ नाकामा अलपत्र परेका छन् । चाडबाडका लागि आवश्यक ठूलो परिमाणमा सामान लोड भएका सवारी अलपत्र पर्दा बजारमा ती वस्तुको अभाव सुरु भएको छ । भारी बर्ष र पहिरोका कारण सडक बिग्रिएर लामो समय सवारी चल्ने अवस्था नभएको । अवरोध हटे पनि ती सामान ल्याउन नसकिएको नेपाल हिमालयन सीमापारी वाण्ज्यि संघका अध्यक्ष बच्चु पौडेलले बताए ।

सडक मर्मत भएर एक सातायता सहज अवस्था बनिसके पनि सामान छुट्न सकेका छैनन् । सामान छुटाउने प्रयास भइरहेको पौडेलले जानकारी दिए । पछिल्लो समय सरकारले भन्सार मूल्यांकन बढाएका कारण व्यवसायीले ढुवानी गर्न आनाकानी गरिरहेका व्यापारीहरू बताउँछन् ।केही दिनअघि सरकारले भन्सार मूल्यांकन ४० प्रतिशतसम्म वृद्धि गरेको थियो । यसैको विरोधमा व्यवसायीले ढुवानीमा अवरोध गरेका एक व्यापारीले बताए । रसुवागढी भन्सार कार्यालय प्रमुख भने केही दिनयता मात्रै सामान रोकिएको दाबी गरे । रोकिएका सवारी  (मंगलबार) देखि नै सुचारु हुने उनको भनाइ छ ।

Womui
Womui