प्रधानन्यायाधीशमा सिफारिस मिश्रको सुनुवाइ हुँदै

94

छिनछिन खबर
काठमाडौं, भदौ २५ । प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ हुँदैछ ।  आइतबार मिश्रविरुद्ध उजुरी दर्ता गर्नेसँग छलफल गरेको सुनुाइ समितिले सोमबार परेका उजुरीबारे मिश्रसँग जवाफ माग्न लागेको हो । संसदीय सुनुवाइ समितिले मिश्रविरुद्ध परेका उजुरीको सुनुवाइका लागि ९ बजे बैठक बोलाएको जनाएको छ ।संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि ७ भदौमा बसेको परिषद् बैठकले मिश्रको नाम सिफारिस गरेको थियो । मिश्र सिफारिस भएसँगै सुनुवाइ समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो ।

मिश्रविरुद्ध सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको मुद्दामा आफ्ना नातेदारको पक्षमा पर्ने गरी फैसला गरेको, फौजदारी अभियोग लागेका ४ जनालाई सफाइ दिएकोलगायत उजुरी परेका छन् ।सर्वोच्च अदालत ६ महिनादेखि कायममुकायमको भरमा चलिरहेको छ । गत फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भए पनि सर्वोच्चले अहिलेसम्म प्रधानन्यायाधीश पाउन सकेको छैन ।

Womui
Womui