तीस हजार घुस सहित प्रहरी निरीक्षक महतरा पक्राउ

61

नेपालगन्ज, भदौं २४-
ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रमुख एवम् प्रहरी निरीक्षक गणेशसिंह महतरा घुस सहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरबाट खटिएको टोलीले उनलाई ३० हजार घुस सहित आईतबार पक्राउ गरेको निमित्त प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

ईप्रका मैनापोखरले एक जना ब्यक्तिलाई सोधपुछका लागि भन्दै केहीदिन अघि पक्राउ गरेको थियो । ती ब्यक्ति छुट्ने क्रममा ईप्रकामा सुनको सिक्री छाडेर गएका थिए । उनी सिक्री माग्न आउँदा प्रमुख महतराले ३० हजार रूपैयाँ मागेको आधारमा निग्रानी बढाउँदा रंगेहात पक्राउ परेको पौडेलले बताए ।

Womui
Womui