नेपालस्थित राष्ट्रसंघीय राजनीतिक मामिला विभाग बन्द

46

छिनछिन खबर
काठमाडौं, भदौ २४ । संयुक्त राष्ट्रसंघले नेपालस्थित संयुक्त राष्ट्रसंघीय राजनीतिक मामिला विभाग बन्द गर्ने औपचारिक घोषणा गरेको छ ।
‘विगत २ दशकदेखि नेपालको शान्ति प्रक्रियामा सघाउँदै आएको विभाग नेपालमा संविधान निर्माण र यससँगै भएको तीन चरणको निर्वाचनपछि औपचारिक रुपमा बन्द गर्ने निर्णय गरेका छौँ’, उक्त विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


नेपालस्थित राष्ट्र संघको विभागमाथि कार्यक्षेत्र नाघेर काम गरेको आरोप लाग्दै आएको थियो । उसले जातीय, क्षेत्रीय मुद्दालाई भड्काउने, विखण्डनकारी तत्वहरुसँग सम्बन्ध विस्तार गरेको र सघाएको आरोप लागेको थियो । यसअघि ‘अनमिन’ सन् २००६ देखि २०११ सम्म औपचारिक रुपमा नेपालमा रही सेना समायोजन लगायत तत्कालीन माओवादीलाई राजनीतिको मुल प्रबाहमा ल्याउन सहयोग गर्न नेपाल आएको थियो । विभागले नेपाल सहित दक्षिण एसियाली राष्ट्रहरुको राजनीतिक अनुगमन नेपालबाटै गर्ने गरेको समेत थियो ।

Womui
Womui