हराइरहेको हेलिकप्टर दुर्घटनाग्रस्त, ५ जनाको शव भेटियो

163

छिनछिन खबर
काठमाडौं, भदौ २३ । गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । हेलिकप्टर दुर्घटनासँगै ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले पुष्टि गरेको छ । एक महिला गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थल निकै दुर्गमस्थानमा रहेकाले उनलाई डोकोमा राखेर अस्पतालतर्फ लगिएको छ । एक जना अझैं हराइरहेका छन् ।

शनिबार बिहान नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर टुक्राटुक्रा अवस्थामा फेला परेको बताइएको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु , रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँबाट उद्धारका लागि पुगेको नेपाली सेनाको एक र निजी वायु सेवा प्रदायक कम्पनीको चार हेलिकोप्टर दुर्घटनास्थलमा घना जंगल र प्रतिकुल मौसमका कारण अवतरण गर्न नसक्दा काठमाडौँ फर्किएका थिए । हेलिकप्टर ल्याण्ड हुन नसकेकै कारण गम्भीर घाइतेलाई पनि राजधानी ल्याउन कठीनाई भएको प्रहरीले जनाएको छ ।

Womui
Womui