स्वयम्भु हाईटमा कारभित्र मृत भेटिएका श्यामकुमार श्रेष्ठ, शेयर कारोबारी

125

छिनछिन खबर
काठमाडौं , भदौ २२ । राजधानीको स्वयम्भु हाईटमा पार्किङ गरेर राखिएको कारभित्र मृत फेला परेका श्यामकुमार श्रेष्ठ शेयर कारोबारी भएको खुलेको छ ।

मकवानपुरको मार्खु–७ स्थायी घर भई काठमाडौंको नैकाप बस्दै आएका २६ बर्षीय श्यामले शेयर कारोबारबाट सानो उमेरमै प्रशस्त पैसा कमाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

पछिल्लो समय शेयर कारोबार ओरालो लागेपछि उनको आम्दानी पनि स्वभाविक रुपमै ओरालो झर्दै थियो ।

 

स्वयम्भु मन्दिरको पैसा फाल्ने स्थानभन्दा तल पार्किङ गरिराखेको बा. ८ च ७०२१ नम्बरको आफ्नै स्विफ्ट कारभित्र पछाडिको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा फेला परेका श्यामको मृत्युको कारण खोजी भइरहेको बताइएको छ ।

‘परिवारसँग बुझ्ने काम भइरहेको छ, सिडिआर हेर्दैछौं’ महानगरीय प्रहरी वृत्त स्वयम्भुका इन्सपेक्टर खेम आचार्यले भने, ‘पोष्टमार्टम रिपोर्ट आएको छैन, पोष्टमार्टम रिपोर्टपछि मात्रै थप कुरा खुल्छ ।’

बुधवार राती गाडी भित्रबाट रगत बगिरहेको अवस्थामा गाडी फेला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

बिहिबार बिहान प्रहरीले उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महराजगञ्ज पठाएको थियो ।

Womui
Womui