गुल्मीमा बाघको आक्रमणबाट एक महिला घाइते

104

छिनछिन खबर
गुल्मी, भदौ २१ । धुर्कोट गाउँपालिका–४ जैसिथोककी ३१ वर्षीया ताराकुमारी पोखरेललाई बाघले आक्रमण गरेको छ ।
घाइते पोखरेललाई उपचारका लागि काठमाडौं पठाइएको छ ।बिहीबार बिहान खोरबाट बाख्रा निकाल्ने क्रममा उनलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । राति बाख्राको खोरभित्र पसेको बाघ बिहान बाख्रा निकाल्ने क्रममा बाख्रासँगै बाहिर निस्किने क्रममा तारालाई आक्रमण गरी सख्त घाइते बनाएको प्रहरीले बताएको छ ।

घाइते पोखरेलको टाउको, नाक र घाटीमा गम्भीर चोट लागेको छ । उनको जिल्ला अस्पताल गुल्मीमा उपचारपछि थप उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बाघले खोरमा एउटा बाख्रो मारेको थियो ।

Womui
Womui