बिल क्लिन्टनबारे प्रश्न गरिएपछि बिचमै अन्तर्वार्ता छोडेर हिँडिन् मोनिका

150

छिनछिन खबर
काठमाडौं, भदौ २० (एजेन्सी) ।मोनिका लेविन्स्कीलाई दुई दशक बित्दा पनि अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनसँगको सम्बन्धका बारेमा सोध्न छोडिएको छैन । र यस्ता प्रश्नले मोनिकालाई असजिलो पर्ने गरेको छ । उनलाई यी प्रश्नहरु खाटो बसेको घाउ फेरि कोट्याउन आए जस्तो लाग्छ । उनी सकेसम्म यी प्रश्नहरु नआउन भन्ने चाहन्छिन् र त्यसका लागि प्रयास पनि गर्छिन् । तर सक्दै नसके मञ्च छोडेर हिँड्नु पर्ने अवस्था पनि आउँछ ।

यस्तै भएको छ, सोमबार उनका लागि । जेरुसेलममा इजारायली टेलिभिजनकी समाचार वाचिका योनित लेवीले अन्तर्वार्ता लिँदै गर्दा लेविन्स्की मञ्च छोडेर हिँडिन् ।अमेरिकी पूर्व राष्ट्रपति क्लिन्टनसँगको सम्बन्धबारे सीमा भन्दा बाहिरको प्रश्न गरिएको भन्दै लेविन्स्की अन्तर्वार्ताको बिचमै उठेकी हुन् । अन्तर्वार्ता लिनेले छलफलको सीमा स्पष्ट रुपमा नाघेको लेविन्स्कीले बताएकी छन् ।लेविन्स्कीलाई अन्तर्वार्ता लिँदै गरेकी लेवीले उनी अझै पनि क्लिन्टनबाट व्यक्तिगत रुपमा उनीहरुबिच सन् १९९० को दशकमा रहेको सम्बन्धबारे माफीको अपेक्षा राख्छिन् कि राख्दिनन् भन्नेबारे सोधेकी थिइन् । लेविन्स्की अमेरिकी राष्ट्रपति कार्यालयमा इनटर्न रहेका बेला क्लिन्टन र उनीबिच नजिकको सम्बन्ध कायम भएको बताउने गरिएको छ ।लेवीले यसबारे प्रश्न गरेपछि लेविन्स्की, ‘मलाई माफ गरिदिनुस, म यो अन्तर्वार्ता अघि बढाउन सक्दिनँ’ भन्दै माइक निकालेर मञ्चबाट बाहिरिएकी थिइन् । हाडासट न्युजले गरेको सम्मेलनको क्रममा लेविन्स्की पनि आमन्त्रित थिइन् ।
Womui
Womui