अख्तियार प्रमुखमा नवीन घिमिरे सिफारिस

36

छिनछिन खबर
काठमाडौं, भदौ २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीन घिमिरेलाई सिफारिस गरिएको छ । संवैधानिक परिषद्को बुधबारको बैठकले अख्तियार प्रमुखमा घिमिरेलाई सिफारिस गरेको हो ।


उनी हाल अख्तियारका कार्यबाहक प्रमुख आयुक्त छन् ।यसअघि प्रमुख आयुक्त रहेका दीप बस्नेतले अवकाश पाएपछि घिमिरे कार्यबाहक प्रमुख रहँदै आएका थिए । उनले २०७४ फागुन २ देखि कार्यबाहक प्रमुखको पद सम्हालेका थिए । घिमिरे २०७१ चैत १९ गते आयोगको आयुक्तमा नियुक्त भएका थिए ।

Womui
Womui