खजुरा तिज महोत्सवको तयारी तिव्र

142

नेपालगन्ज, भदौं १७-
बाँकेको खजुरामा विगतका वर्ष जस्तै यसवर्ष पनि खजुरा तिज महोत्सव हुने भएको छ । लायन्स र लियो क्लब अफ नेपालगन्ज खजुराको मुख्य आयोजनामा हुन लागेको महोत्सवको तयारी तिव्र पारिएको महोत्सवका संयोजक फस्ट लेडिलाइन गिता सापकोटाले जानकारी दिईन् । महोत्सवमा सामुहिक र एकल गित नृत्य प्रतियोगिता, परम्परागत तथा मौलिक तिज गित तथा नृत्य प्रस्तुती रहने भएको छ ।

भाद्र २७ अर्थात् तिजको दिन हुने महोत्सवलाई सफल पार्न खजुराबासी सबै एकजुट भएर लागिरहेको लायन्स क्लब अफ नेपालगन्ज खजुराका अध्यक्ष रोशन सापकोटाले बताए । महोत्सवमा हुने प्रतियोगितामा सामुहिक नृत्यतर्फ प्रथम हुनेले नगद १५ हजार, द्धितिय हुनेले १० हजार, तृर्तिय हुनेले ५ हजार र सान्त्वना हुनेले ३ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै एकल नृत्य प्रतियोगितामा प्रथम हुनेले नगद ५ हजार, द्धितिय हुनेले ३ हजार, तृर्तिय हुनेलाई २ हजार र सान्त्वना हुनेलाई १ हजार प्रदान गरिने सापकोटाले जानकारी दिईन् ।

Womui
Womui