एसिया कप छनोटमा नेपालको पहिलो जित

121

छिनछिन खबर
काठमाडौं, भदौ १६ । मलेसियामा जारी एसिया कप छनोटमा नेपालले पहिलो जित हात पारेको छ । शनिबार ३० ओभरमा घटाइएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई १९ रनले पराजित गरेको हो । पहिलो जितपछि नेपालले २ अंक जोडेको छ । सुरुवाती २ खेलमा ओमान र युएईसँग पराजित नेपालको फाइनल पुग्ने सम्भावना भने जीवितै राखेको छ ।


सिंगापुर र हङकङसँग अब नेपालको खेल हुन बाँकी छ । नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको मलेसिया ९ विकेट गुमाएर १६९ रनमा समेटियो ।नेपालका लागि वसन्त रेग्मीले ३, सन्दीप लामिछाने र सोमपाल कामीले समान २÷२ विकेट लिए । वसन्तले ६ ओभरमा ३६ रन खर्चेर ३ विकेट झारेका थिए । ६ ओभर बलिङ गरेका सन्दीपले १ मेडन राखेर २० रन खर्चिए । दीपेन्द्रले ५४ रनको योगदान गर्दा आरिफले नटआउट ६४ रन बनाए । अनिल शाहले १६, पारस खड्काले १३ र ज्ञानेन्द्र मल्लले ११ रन जोडे । सागर पुन भने शून्यमै आउट भए ।

Womui
Womui