गोली लागी घाइते भएका अर्जुन भण्डाराको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने

97

छिनछिन खबर
काठमाडौं, भदौ ८ । कञ्चनपुरको महेन्द्रनगरमा प्रदर्शनका क्रममा गोली लागि गम्भीर घाइते भएका अर्जुन भण्डाराको स्वास्थ्य अवस्थाबारे गृहमन्त्री रामबहादुर थापाले जानकारी लिएका छन् ।त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत भण्डारालाई आज बिहान गृहमन्त्री थापाले भेटेका हुन् । भेटका क्रममा उनले सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने बताएको घाइतेका दाइले जानकारी दिए ।

महेन्द्रनगरमा आफूले सानो मोबाइल पसल सञ्चालन गर्दै आएको भन्दै उनले आर्थिक अवस्था कमजोर रहेको बताए । अहिले हामीसँग औषधि किन्ने पैसा पनि छैन,’ उनले गुनासो गरे, ’के गर्ने कसो गर्ने अन्योलमा छौं ।’कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको र दोषीलाई कारबाहीको माग गर्दै बिहीबार महेन्द्रनगरमा प्रदर्शन भएको थियो । सो क्रममा प्रहरीको गोली लागि भण्डारासहित सन्तोष कठरिया, तीर्थ पनेरु, सरोज खड्का, मनोज बूढा र तेजराज भट्ट घाइते भएका थिए । गम्भीर घाइते भण्डारालाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

प्रदर्शन उग्र भएपछि बेलुका ५ बजेदेखि लगाइएको कर्फ्यु भने आज बिहान ५ बजेदेखि हटाइएको छ हत्याकाण्डमा सुस्त मनस्थितिका व्यक्तिलाई प्रहरीले पक्राउ गरी वास्तविक दोषीलाई उम्काउन खोजेको भन्दै सर्वत्र विरोध भइरहेको छ ।

Womui
Womui