जनचेतना फैलाउन राष्ट्रपतिका लागि खरिद गरिएको विद्युतीय कार

141

छिनछिन खबर
काठमाडौं, भदौ ८ । राष्ट्रपति विद्यादेवी भण्डारी अब विद्युतीय कारमा सवार हुने भएकी छन् । राष्ट्रपति कार्यालयले बिहीबार उनका लागि बिवाइडी कम्पनीको विद्युतीय कार खरिद गरेको छ ।चार्जिङ स्टेशनको शुल्कसहित कारको मूल्य करिब ६० लाख परेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो गाडीले एकातिर प्रदुषण गर्दैन । अर्कातिर इन्धन पनि आयात गर्नुपर्दैन । विद्युतीय सवारीमा जनचेतना फैलाउन पनि राष्ट्रपतिका लागि गाडी किनिएको हो,’ राष्ट्रपति कार्यालयका उपसचिव लोकनाथ सुवेदीले जानकारी दिए । राष्ट्रपति चढ्ने कार २ घन्टामा फुल चार्ज हुन्छ । एक पटक फुल चार्ज गरेपछि ४०० किलोमिटरसम्म गुड्छ ।

 

Womui
Womui