‘पार्टी एकता कुनै छडीबाट हुने होईन’ : कांग्रेस महामन्त्री

141

नेपालगन्ज, भदौं ६-
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले पार्टी एकता कुनै छडीबाट नहुने बताएका छन् । पार्टीका नेताले आत्मालोचना गरेर मात्र एकता हुने उनको भनाई छ । प्रेस युनियन बाँकेले बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले गुट अन्त्य नभए पार्टी नै धरापमा पर्ने चेतावनी दिए ।

महामन्त्री कोईरालाले एमाले र माओबादी मिलिसक्दा पनि कांग्रेस एक ठाउँमा आउन नसक्नु मुलुककै लागि दुर्भाग्यपुर्ण रहेको बताएका छन् । ‘अब पनि हामी नमिलेको खण्डमा मुलुक नै धरासायी हुनसक्छ, पार्टीलाई एक एक ठाउँमा उभ्याउनुपर्छ, आउने निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी हुन्छ,’ उनले भने ‘अहिले एमाले र माओवादी मिलिसकेका छन्, हाम्रो एकता विना नेपालको राजनीति स्थिर हुदैन, लोकतन्त्र पनि खतरामा पर्छ, नेपाली कांग्रेसको झन् ठुलो जिम्मेवारी आएको छ ।’

पार्टीलाई सबै मिलेर एक एक ठाउँमा उभ्याउन सकेको खण्डमा चुनौतीको सामना नेपाली कांग्रेसले गर्न सक्ने बताए । वर्तमान सरकार दिशाहीन अवस्थामा हिडिरहेको भन्दै ६ महिनाको अवधीभित्र कुनै ठोस काम गर्न नसकेको ठोकुवा गरे । सरकारले जनतामाथी मुल्य बृद्धि र कर थुपार्ने कामसँगै जनताका अधिकार, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामाथी हस्तक्षेप गरिरहेको बताए । कांग्रेसले नेतृत्व गरेका स्थानीय तहमा जनतालाई करको भारी नपर्ने कोईरालाले जनाए ।

Womui
Womui